वाइसिएल अध्यक्षमा सुरेन्द्र


 


YCLभाेजपुर, चैत्र २४

वाइसिएल भाेजपुरकाे चाैथाे जिल्ला अधिवेशनले सुरेन्द्र राईकाे अध्यक्षतामा ३० सदस्यिय नयाँ कार्यसमिति चयन गरेकाे छ । सर्व सम्मत चयन भएकाे नयाँ नेतृत्वमाे उपाध्यक्षमा युवराज राई, प्रभा राई, यंगराज राई रहेका छन् । सचिवमा संदिप राइ, सह सचिव अभियान राई र काेषाध्यक्षमा प्रकाश भट्टराई चयन भएका छन् ।

जिल्ला अधिवेशनकाे उद्घाटन वाइसिएलका केन्द्रिय उपाध्यक्ष नन्दराम कडरियाले गरेका थिए । अधिवेशनका लागि गाउँ गाउँबाट वाइसियलमा अाबद्द युवाहरू जिल्ला सदरमुकाम अाएका थिए ।  कार्यक्रम सुरू हुनु अघि जिल्ला सदरमुकाममा वाइसियलले र्याली गरेकाे थियाे । लाेकतान्त्रिक गेटबाट सुरू भएकाे र्याली चारभन्ज्याङ पुगेर जिविसकाे सामुदायिक भवनमा अाैपचारिक कार्यक्रम भएकाे थियाे ।

कार्यक्रममा वाइसियलका महासचिव दिपशिखाकाे पनि उपस्थिति थियाे । उद्घाटन सत्रमा युवा संघ, तरूण दल, मातृ पार्टी एमाअाेवादीका नेताहरूले शुभकामना मन्तव्य राखेका थिए ।

प्रकाशित मिति: २४ चैत्र २०७२, बुधबार

प्रतिक्रिया दिनुहोस्