झमककुमारीलाई अाजिवन मासिक भत्ता दिने सरकारकाे निर्णय


 


jhamak ghimireकाठमाडाैं, चैत्र ७

सरकारले साहित्यकार झमक कुमारी घिमिरेलाई मासिक २५ हजार आजिवन भत्ता दिने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले घिमिरेलाई उक्त रकम दिने निर्णय गरेको सरकारका प्रवक्ता एंव सूचना तथा सञ्चार मन्त्री शेरधन राईले जानकारी दिए ।

धनकुटा कँचिडेकी साहित्यकार घिमिरेकाे बहुचर्चित कृति जीवन काँडा कि फूलले मदन पुरस्कार समेत प्राप्त गरेकाे थियाे । सरकारले यस अघि राष्ट्रिय गीतका रचनाकार ब्याकुल माइलालाई पनि अाजिवन मासिक२५ हजार भत्ता उपलब्ध गराउने निर्णय गरेकाे थियाे ।

प्रकाशित मिति: ७ बैशाख २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्