विवादास्पद होटल उद्घाटन नगरी फर्किए प्रधानमन्त्री


 


पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले विवादास्पद होटल उद्घाटन कार्यक्रम अन्तिम समयमा आएर स्थगित गरेको छ ।

प्रधानमन्त्री ओलीले पोखराको लेकसाइडमा बनेको स्विस इन्टरनेशन होटल सरोवर उद्घाटन गर्ने कार्यक्रम थियो । ओली होटलमा पनि पुगेका थिए तर, केहीबेर बसेर फर्किए ।

यो होटल मापदण्ड विपरित बन्नुका साथै होटलका अध्यक्ष प्रा. डा. भरतराज पहारी पनि भ्रष्टाचारको मुद्दामा मुछिएका थिए । पोखरा महानगरमा १७ मिटरभन्दा अग्लो भवन बनाउन पाइँदैन तर, यो होटल १२ तलाको छ ।

प्रकाशित मिति: १८ जेष्ठ २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्