नेपाल क्रिकेट संघ निलम्बनमा


 


काठमाडाैं, वैशाख १३

अन्तराष्ट्रिय क्रिकेट काउन्सिलले नेपाल क्रिकेट संघ (क्यान) लाई निलम्बन गरेको छ। नेपाली क्रिकेटमा नेतृत्व बिहीनताको अवस्था आएका कारण देखाउँदै दुवैमा सम्पन्न आइसिसि बोर्ड बैठकले यस्तो निर्णय गरेको हो ।

आइसिसि विधानको २.९ को धारा उल्ङघन भएको आइसिसिले जनाएको छ। निलम्बन पश्चात क्यानले आइसिसिबाट प्रदान हुने कुनै पनि अनुदान पाउने छैन। यद्यपी नेपाली क्रिकेट टोलीले आइसिसिले गर्ने प्रतियोगितामा भने भाग लिन पाउने छ।

प्रकाशित मिति: १३ बैशाख २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्