ग्यास कालोबजारी गर्ने पक्राउ


 


पोखरा, वैशाख १३

आफ्नो पसलमा लुकाइछिपाइ राखी बढी मूल्यमा ग्यास बिक्री गरेर कालोबजारी गर्ने पोखरा–१० रामबजारका एक व्यापारीलाई प्रहरीले आइतबार पक्राउ गरेको छ ।  सो ठाउँमा गोशली भाँडा पसल सञ्चालन गरेका पसल सञ्चालक अशोक गोशलीले प्रतिसिलिन्डर ग्यास रु चार हजार ५०० मा बिक्री गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले पसल खानतलासी गर्दा एनएल ग्यासका १६० सिलिन्डरसहित निजलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । प्रहरीले निजलाई कालोबजारी ऐनअन्तर्गत अनुसन्धान गरिरहेको बताएको छ ।

प्रकाशित मिति: १३ बैशाख २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्