घाेरेटारमा ल्याण्डलाइन टेलिफाेन सेवा सुरू


 


land line [phone ghoretyarभाेजपुर, बैशाख १५

यहाँकाे दक्षिणी रानीबास गाविसकाे घाेरेटारमा ल्याण्डलाइन (MSAN) टेलिफाेन सेवा सुरू भएकाे छ । टेलिफाेन सेवाकाे सूचना तथा सञ्चार मन्त्री शेरधन राईले बुधबार उद्घाटन गरेका छन् । टेलिफाेन सेवाकाे रिबन काटेर उद्घाटन गरेसँगै यहाँ जडित फाेनबाट राष्ट्रपति विद्यादेवी भण्डारीलाई पहिलाे कल मन्त्री राईले गरेका छन् ।

landline phoneराष्ट्रपतिसँग करिब पाँच मिनेट कुराकानी गरेपछि मन्त्री राईले उदयपुर बसाहामा पनि घाेरेटारबाटै ल्याण्डलाइन टेलिफाेन सेवाकाे उद्घाटन गरेका छन् । राईले टेलिकमका प्रबन्ध निर्देशक बुद्दिप्रसाद अाचार्यलाई पनि यहीबाट मन्त्री राईले टेलिफाेन गरेका थिए ।

यसअघि सदरमुकाम र दिङ्लाबजारमा मात्र रहेकाे ल्याण्डलाइन टेलिफाेन सेवा घाेरेटार क्षेत्रमा पनि विस्तार भएकाे हाे । विस्तारित टेलिफाेनकाे क्षमता  ९६ लाइन रहेकाे र ६३ लाइन विस्तार भइसकेकाे टेलिकम भाेजपुरका निमित्त कार्यालय प्रमुख निराजन सुवेदीले जानकारी दिए । अब यहाँ चाँडै एडिएसएल सेवा पनि सुरू गर्ने तयारी रहेकाे र ३४ वटा लाइनमा सेवा विस्तार गर्न सकिने सुवेदीकाे भनाई छ ।

टेलिफाेन सेवाकाे सुरूवात भएपछि घाेरेटारबासी खुसी भएका छन् । यसअघि यस क्षेत्रमा माेबाइलकाे समेत प्रभावकारी सेवा नहुँदा स्थानीयवासी मारमा थिए । ल्याण्डलाइन टेलिफाेन सेवाले इन्टरनेट सुविधामा समेत थप सहजता हुने स्थानीय नारायण प्रसाद निराैलाले बताए ।

प्रकाशित मिति: १५ बैशाख २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्