भाेजपुरमा छाेराले बाबुकाे हत्या गरे


 


भाेजपुर, बैशाख १६

भाेजपुरकाे बोया गाविसमा अाफ्नै छाेराले बाबुकाे हत्या गरेका छन् । बाेया ५ का ४० बर्षिय प्रल्हाद खत्रीले ८० बर्षिय बाबु गणेशबहादुर खत्रीको हत्या गरेकाे प्रहरीले जनाएकाे छ । मंगलबार बेलुकी छिमेकीको विहेमा गएका खत्रीले मादक पदार्थ सेवन गरेर बाबु गणेशबहादुरलाई कुटपिट गरेका थिए ।

छोराको कुटपिटबाट गम्भिर घाईते बनेका गणेशबहादुरको बुधबार  उपचारको क्रममा मृत्यु भएको हाे । उनको स्थानीय स्वास्थ्य चौकी बोयामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएकाे छ । बाबुको हत्या गर्ने छाेरालाई प्रहरीले बुधबार नै घरैबाट पक्राउ गरेको छ । हत्या गर्ने प्रल्हादलाई कर्तव्य ज्यान अन्तर्गत मुद्धा चलाइने जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

प्रकाशित मिति: १६ बैशाख २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्