जब घाटबाट लास फिर्ता भयो !


 


दमक, वैशाख १७

। झापाको गौरादहमा दाहसंस्कारका लागि घाट लगिएको लास प्रहरीले फर्काएर शवपरीक्षण गराएको छ । गौरादह नगरपालिका–२ स्थित बजारमा भाँडा पसल चलाएर बसेका ५४ वर्षे केशव थापाको शव प्रहरीले विहिबार घाटबाट उठाएर शवपरीक्षणपछि परिवारलाई जिम्मा लगाएको हो ।

इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक राजन लिम्बूले विष सेवनबाट मृत्यु भएका थापाको आवश्यक कानुनी प्रक्रिया नपु¥याई शव अन्त्येष्टि गर्न लगिएपछि प्रहरीले लास घाटबाट नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया पूरा गरी परिवारलाई जिम्मा दिएको बताए ।

गाउँलेले थापाको शव गौरादह पूर्वको किस्नेघाटमा दाहसंस्कारका लागि लगेका थिए । चितामा राख्न लागेको अवस्थामा सो लास प्रहरीले घाटबाट फर्काएर ५० किलोमिटर पूर्व सदरमुकाम चन्द्रगढीस्थित अञ्चल अस्पतालमा लगेका थिए ।

दुई दिनअघि थापाले विष सेवन गरेर सिकिस्त भएका थियो । दमकको लाइफलाइन अस्पतालमा उपचार गर्दा सञ्चो नभएपछि घर लगिएका उनको विहिबार दिउँसो मृत्यु भएको थियो ।

प्रकाशित मिति: १७ बैशाख २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्