त्याे सुसाइरहने सल्लाघारी क्षणभरमै यसरी सखाप भयाे (फाेटाे फिचरसहित)


 


aago (7)भोजपुर, बैशाख १७
भोजपुर सदरमुकाम नजिकै रहेको सामुदायिक बनमा आगलागी हुँदा तीन घर जलेर नष्ट भएका छन् भने करिब २१ लख बराबरको क्षति भएको छ । शुक्रबार दिउँसो करिब साढे दुई बजे भोजपुर नगरपालिका ९ र १० टक्सारमा रहेको तीनधारे सल्लेरी सामुदायिक बनमा अचानक आगलागी हुँदा नगरपालिका १० का मनकुमार श्रेष्ठ, चन्द्रबहादुर श्रेष्ठ र जगतबहादुर श्रेष्ठको घर जलेर नष्ट भएको हो ।

50e619e4713a7e3bbd73814be5582f8bआगलागीले मनकुमार श्रेष्ठको सबैभन्दा बढी धनमाल नष्ट भएको छ । प्रहरीको प्रारम्भिक तंथ्यांक अनुसार धनबहादुरको अन्नपात, गरगहना, लत्ताकपडा गरी करिब १४ लाख ७७ हजार बढीको क्षति भएको छ । त्यस्तै चन्द्रबहादुर श्रेष्ठको दुई लाख ५० हजार आगलागीले क्षति भएको छ ।

aago (1)जगतबहादुर श्रेष्ठको घरमा बस्दै आएका केशव श्रेष्ठ र ओम नारायण श्रेष्ठको चार लाख बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीको भनाई छ । उनिहरुको कुखुरा फर्ममा चार सय बढी कुखुरा जलेर नष्ट भएको हो । हावाहुरीकाबिच लागेको आगो सुरक्षाकर्मी र स्थानीयवासीको सक्रियतामा चाँडै नियन्त्रणमा आएको हो । टक्सार बजारको सिरानमा रहेको र भोजपुर सदरमुकामको पुछारमा रहेको सल्लाघारी जंगलमा आगलागी हुँदा स्थानीयवासी त्रसित बनेका थिए ।

aago (3)आगो नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी, नगरपालिकाको बारुणयन्त्र र स्थानीयवासीको सक्रियताले समयमै नियन्त्रणमा लिन सकेको शसस्त्र प्रहरी बल टक्सार गुल्मको डिएसपी रामजंग पाण्डेले बताए । आगलागीबाट भोजपुर बजार ठुलो क्षति हुनबाट जोगिएको छ ।

aago (6)aago (7)

प्रकाशित मिति: १७ बैशाख २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्