अब अधिकारको लडाईँ होइन, उत्पादनमा केन्द्रीत हौ‌ं : प्रधानमन्त्री


 


kp

प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको प्रमुख चिन्तन र ध्यान उत्पादनका लागि संघर्ष हुनुपर्ने बताइका छन्। अन्तराष्ट्रि श्रमिक दिवसका अवसरमा आइतबार सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले अब बर्ग संघर्षका कुरा कम गर्नुपर्ने बताएका हुन्।

‘आधारभूत रुपमा अधिकार संस्थागत भई समृद्धिको दिशामा अघि बढ्दै गरेको हाम्रो जस्तो मुलुकमा अब वर्गसंघर्ष प्रमुख होइन, उत्पादनका लागि गरिने संघर्ष प्रमुख हो । नेपाली समाजको परिवर्तन श्रमशक्तिको विकासबाट हुन्छ, ओलीले आफ्नो सन्देशमा भनेका छन्।

अन्तर्राष्ट्रिय श्रमिक दिवसको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका नेपाली श्रमिक दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक शुभकामना प्रधानमन्त्रीले यस दिवसले नेपाली श्रमिकहरुको हक र हित सुनिश्चित गर्न प्रेरणा प्रदान गर्नेमा विश्वास लिएका छन्। सन्देशमा उनले भनेका छन्, ‘यसपटकको मे दिवस हामी नेपालीका लागि विशेष महत्व राख्दछ । भुकम्पले पुर्याएको क्षतिपछिको अवस्था र असोज ३ गते जननिर्वाचित संविधानसभाबाट संविधान जारी भएपछिको अवस्था हाम्रा लागि विशेष अवस्था हुन् । तसर्थ, सामान्य समयमा जस्तो मे दिवसमा, श्रमिकहरुका लागि ८÷८ घण्टा काम–आराम र मनोरन्जन भनेर मात्रै पुग्दैन, भुकम्पछिको पुनर्निर्माण र संविधान कार्यान्वयन समेत यसको कार्यसूचीमा पर्नुपर्दछ ।’

प्रधानमन्त्रीले ओलीले संविधानले संस्थागत गरेको नेपाली श्रमिकहरुको हक–हितको व्यबहारमा पूर्णरुपमा कार्यान्वयनलाई दुई महत्वपूर्ण दायित्वका रुपमा लिनुपर्ने समेत सन्देशमा उल्लेख गरेका छन्।

त्यसैगरी श्रमिकहरु आफैं निर्माणका बाहक भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले झण्डै ४० लाख नेपाली श्रमिकहरु विश्वका विभिन्न मुलुकमा श्रम बेचिरहेका कारण मुलुकमा भने श्रम अभाव देखिएकाे बताए ।

प्रकाशित मिति: १९ बैशाख २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्