बसको ठक्करबाट झापामा पैदलयात्रीको मृत्यु



झापा यात्रुवाहक बसको ठक्करबाट झापामा एक पैदलयात्रीको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर नगरपालिका ९ बस्ने अन्दाजी ६५ वर्षीय घनश्याम गडतौला रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक (डिएसपी) महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

प्रहरीका अनुसार पूर्व–पश्चिम राजमार्ग अन्तरगत काँकडभिट्टाबाट धरानतर्फ गइरहेको को १ ख ७६६५ नम्बरको नारायणी यातायातले मेचीनगर १० स्थित नगडुब्बा पुल नजिकै पैदलयात्री गड्तौलालाई शनिवार दिउँसो २ बजे ठक्कर दिएको थियो ।

श्रीमती इन्द्रमायासँगै सडकमा हिँडिरहेका घनश्यामलाई बसले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको डिएसपी श्रेष्ठले जानकारी दिए । चाराआली प्रहरी चौकीले ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिएको छ ।

यता बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएपछि आक्रोशित स्थानीयले केही बेर सडक अवरुद्ध गरेका थिए । पूर्व पश्चिम राजमार्ग अवरुद्ध हुँदा यातायातका सवारीसाधन ठप्प भएका थिए । पैदलयात्रीको मृत्युपछि घटना स्थितिलाई साम्य बनाउन घटनास्थलमा ठुलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ । प्रहरीकै सुरक्षा घेरामा यातायातका सवारीसाधन सुचारु गरिएको डिएसपी श्रेष्ठको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
प्रकाशक / सम्पादक :ध्रुव सुवेदी
     
           
facebook
© 2019 Deshko News