स्थानीय निकायको निर्वाचन मङ्सिरमै हुन्छ : सञ्चारमन्त्री राई


 


Sherdhan-Rai

दोलखा, २८ वैशाख । सूचना तथा सञ्चारमन्त्री शेरधन राईले सरकारको नीति तथा कार्यक्रममा घोषित स्थानीय निकायको निर्वाचन आगामी मङ्सिर महिनामै गर्ने बताएका छन्।

नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय समितिको तेस्रो जिल्ला अधिवेशनको आज उद्घाटन गर्दै उनले स्थानीय निकायको निर्वाचन नहुँदा वेथिति बेढेकाले निर्वाचन अपरिहार्य भएको बताए। कसैले विरोध गर्दैमा निर्वाचन नरोकिने मन्त्री राईको भनाइ थियो ।

सरकारले हालै संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रम संविधानको भावनाअनुसार नै आएको बताउँदै उनले जेठ १५ गते संसदमाा प्रस्तुत हुने बजेट समेत अहिलेसम्मकै उत्कृष्ठ हुने उनको दाबी थियो । उनले बजेट समृद्धि र मुलुकको दुरगामी विकासतर्फ लक्षित हुने उल्लेख गरे।

प्रकाशित मिति: २८ बैशाख २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्