बिहानै पराकम्प


 


काठमाडौं–  धादिङको मापार्क आसपास केन्द्रविन्दु भएर ४ दशमलव ४ रेक्टरको परकम्प गएको छ । विहान  ७ बजेर ४ मिनेट जाँदा ४ दशमलव ४ रेक्टरको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

धादिङमा परकम्पको ठूलो धक्का महशुस गरिएको छ । परकम्पको धक्का काठमाण्डू उपत्यका र आसपासका जिल्लामा पनि महशुुस गरिएको थियो ।

गोरखाको बारपाक केन्द्र विन्दु भएको ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प पछि अहिलेसम्म ४ रेक्टर स्केल भन्दा माथिका ४५३ पटक परकम्प गइसकेको छ ।

यसअघि वैशाख २३ गते गोरखा र धादिङको सीमा क्षेत्रमा ४ दशमलव १ रेक्टरको परकम्प गएको थियो

प्रकाशित मिति: २९ बैशाख २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्