बैद्य माअाेवादी फुट्याे


 


काठमाडाैं, जेठ १

नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन बैद्यले पार्टी फुटबारे औपचारिक धारणा सार्वजनिक गरेका छन् । उनले छुट्टै बैठक गर्ने रामबहादुर थापा बादल समूहलाई नवसंशोधनवाद परस्त पुच्छर प्रवृत्तिमा आधारित अवसरवादी गुटको संज्ञा दिएका छन् ।

निवर्तमान महासचिव बादलले शनिबार आफ्नै अध्यक्षमा केन्द्रीय समितिको बैठक राखेर एमाओवादीसँग भएको १२ बुँदे समझदारी अनुमोदन गरेको छ र पार्टी एकता अघि बढाउने निर्णय गरेको छ ।

यससँगै बैद्य माओवादी फुटेको छ । पार्टीमा आएको फुटपछि नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन बैद्यले विज्ञप्ति जारी गर्दै बादल गुटलाई अवसरवादी गुट भएको आरोप लगाएको छ ।

बैद्यले बादल र एमाओवादीबीच भएको १२ बुँदे सहमतिबारे पनि बालेका छन् । बादल र देव गुरुङले एमाओवादीसँग साँठगाँठ गरेर तयार पारिएको उक्त सहमति आफूलाई थमाइएको र मान्न भनिएको भन्दै बैद्यले भनेका छन्, सांगठनिक रूपमा यसले जनवादी केन्द्रीयताको गम्भीर उल्लंघन गरेको छ । यो गुटवाद तथा फुटवादमा आधारित छ ।’

दक्षिणपन्थी नवसंशोधनवादी राजनीतिक कार्यदिशा लिएको र संविधानको प्रश्नमा यो प्रस्ताव मूलतः एमाओवादीकै नीति, मान्यता र दृष्टिकोणमा आधारित रहेको भन्दै उनले १२ बुँदे कम्युनिस्ट आन्दोलनको क्रान्तिकारी धारा र आफ्नो पार्टीविरुद्ध छलछामपूर्ण तथा षड्यन्त्रमूलक ढङ्गले ल्याइएको बताएका छन् ।

क्रान्तिकारी माओवादीका अध्यक्ष बैद्यले आफूहरु इतिहासको अत्यन्तै जटिल मोडमा रहेको भन्दै पााचबुादे योजना पनि अघि सारेका छन् ।

प्रकाशित मिति: १ जेष्ठ २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्