प्रेस चौतारी अध्यक्षमा बस्नेत सर्वसम्मत


 


Ganesh Basnet
काठमाडौँ, ६ जेठ । यहाँ चलिरहेको प्रेस चौतारी नेपालको आठौँ महाधिवेशनले अध्यक्षमा चौतारीका सल्लाहकार गणेश बस्नेतलाई सर्वसम्मतिले चयन गरेको छ ।
त्यस्तै वरिष्ठ उपाध्यक्षमा माधव नेपाल, महिला उपाध्यक्षमा टीका विष्ट, समावेशी उपाध्यक्षमा सइन्द्र राई, प्रदेश नं १ उपाध्यक्षमा लीलाराज भट्टराई, २ मा लालबाबु शेष, ३ मा विश्वमणि सुवेदी, ४ मा गणेश पाण्डे, ५ मा सविन प्रियासन चौधरी, ६ मा वीरबहादुर गिरी र ७ मा नरेन्द्र साउद चयन भएका छन् ।

चौतारीका महासचिवमा राजेश राई तथा उपमहासचिवमा रामकुमार एलन र हिरामान लामा निर्वाचित भएको घोषणा नेकपा(एमाले)का सचिव योगेश भट्टराईले गरे।

यसैगरी खुला सचिवमा भरत केसी, अमृतनाथ तिमिल्सिना, रामकृष्ण शर्मा र सुरोजङ्ग पाण्डे, मधेसी सचिवमा भउचप्रसाद यादव, जनजाति सचिवमा देविका घर्ती मगर र दलित सचिवमा हेमकर्ण विक चुनिएका छन् ।

कोषाध्यक्षमा इन्द्र आचार्य तथा लेखा र अनुशासन आयोगका संयोजकमा क्रमशः विक्रम लुइँटेल र जे पाण्डे घोषित भए ।

बाँकी सदस्यको निर्वाचन प्रक्रिया शुक्रबार बिहान सुरु हुने निर्वाचन समितिका जनाएको छ।

प्रकाशित मिति: ६ जेष्ठ २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्