युवा शक्ति पलायन रहर कि वाध्यता ?


 


उमेश खत्री .  नेपालमा विकासका प्रचुर सम्भावनाहरु भने नभएका होइनन् तर पछि दैनिकहजारौं संख्यामायुवा जन शक्ति यो देशलाई छाडी अन्य देशमा पलायन भइरहेका छन् ।

तियुवाहरु कोहीविधार्थीको रुपमा कोही कामदारको रुपमा त कोहीपर्यटनको रुपमा यो देशबाट पलायन भइरहेका छन् । नेपालमा भइरहने राजनीतिक परिवर्तन र कछुवाचालको विकास परिवर्तनले गर्दा उर्वर युवाको जोश जाँगरलाई नेपालले आफनै भूमिमाप्रयोग गर्न चुकिसकेको छ । विभिन्न पार्टिका सरकारहरु बनिसकेका छन् ।

कोही नेताहरु यो देशमा २/३ चोटी मन्त्रीपनिभएको पाईयो तर तिनै युवाहरु जसले नेतालाई भोट हाली संसद बनाएजसको माध्यमबाट जो मन्त्रीबने उनीहरुले युवाको रोजगारीको आवश्यकतालाई सम्बोधनगर्न नसक्दायुवाहरुमा एक खालको देश छाड्ने लहर रोकिन सकेको छैन ।अहिले पनिकतिपययुवाहरु आप्mनो परिवारलाई छाडी विरानो भूमिमागई आप्mनो श्रमदानगर्न परेको छ ।

उमेश खत्री

वास्तवमा राजनिती एउटा यस्तो शक्तिहो जसले कुनै पनिमुलूकमा कायलपट गर्न सक्दछ । जसले यो देशमा राजनितीक क्रियाकलाप गरिरहेको छ तिव्यक्तिहरु यो मुलूकप्रतिअत्यन्तै इमानदारी भई विकासका योजनाहरुलाई गाउँगाउँसम्म पुर्याउन सकिएको खण्डमा मात्रयुवाजनशक्तिलाई यहि देशमा रोक्न सकिन्छ । विकासको कामहरुरोकिनु र आफनो स्थानिय स्तरमाकुनै पनि रोजगारी सृजनाहुननसक्दायुवाहरुमाएक खालको दोधार सृजनागरिदिएको छ ।अहिले बनेको स्थिर सरकारले युवाहरु प्रतिल्याएका केही योजनाहरु सहितरिकाबाट कार्यन्वयनहुन सकेको छैन । नेपालमा भएका विभिन्न मठमन्दिर र हिमालयको दृश्यावलकोन गर्न आउने पर्यटनको लागिआवश्यक पर्ने होटलहरुको व्यवस्थापनगर्नाले धेरै भन्दा धेरै युवाहरुले यहि देशमा रोजगारी प्राप्तगर्दछन् । नेपाल यस्तो मुलूकहो यहाँपर्यटन उधोगलाई मात्रराम्रो बनाउन सकिएको खण्डमा धेरै नै रोजगारी सृजनाहुनेछन् ।

सरकारले युवाशक्तिपलायनलाई सहि समयमा सहि विवेकको प्रयोग गरि रोक्न सफलनभएमा यो देशले ठूलो मूल्यचुकाउनु पर्ने अवस्था छ । दिर्घकालिनविकासका योजनाहरु सहि समयमाकार्यन्वयनगर्नु र राजनितिक स्थिरता भएको खण्डमा मात्र यो सबै सम्भव छ । अहिले नेपालबाट धेरै मात्रमा पढेलेढेकामानिहहरु देश छाड्ने लहर चलेको छ त्यसैले नेपालले युवाजनशक्तिलाई नेपालमाकुन क्षेत्रमाप्रयोग गर्न सकिन्छ त्यतातिर ध्यानदिनु आवश्यक छ ।

नेपालमा एउटा बौद्धिक व्यक्तिछ भने उसले त्यस्ताअन्य सयौं जनालाई आफनो ज्ञान बाँडी आफू जस्तै बनाउनसक्दछ । त्यसैले बौद्धिक जनशक्तिलाई अरुको देश बनाउनलखेट्ने योजनाहोइनआप्mनो देशमा कसरी रोक्न सकिन्छ भन्ने तर्क सबैको ध्यानकर्षन हुनआवश्यक छ । नेपाल एउटा भौगौलिकविविधताभएको मुलूकभएको कारणले गर्दा विकाससकागतिमाआएको विवेधलाई समान्तर रुपमा अगाडि बडाउनुअहिलेको आवश्यकताहो । विकास निर्माणका कार्यहरुलाई शहर केन्द्रित होइन गाँउगाँउ केन्द्रित बनाइ त्यस क्षेत्रमा रहेको युवा जनशक्तिलाई सरकारले योग्यताअनुसारको रोजगारी दिई युवाहरुलाई आर्थिक रुपमा सबल बनाउनु पदर्छ ।

जतिपनिअहिले युवापलायनभईरहेका छन् त्यसको मुख्यकारण भनेको नै गरिवी र बेरोजगार रहेका छन् । यदिआप्mनै मुलूकमा रोजगारी प्राप्तभई हाले पनित्यसले उक्त व्यक्तिको पारिवारिक आवश्यकता पुरा हुनअत्यन्तै कठिन हुने छ । नेपालले पनिआप्mनानागरिकहरुलाई कसरी बढी भन्दा बढी मात्रामा रोजगारी सृजनागर्न सकिन्छ भन्ने तर्फ विशेष ध्यानदिई दिर्घकालिनयोजनालाई कार्यन्वयनगर्न आवश्यक छ । चाहे सरकारले आफनै देशमाआफनै लगानीबाट ठूलाउधोग धन्दाहरु निर्माण गरोस् त्यो गर्न नसकेको खण्डमा बैदेशिकलगानीकर्ताहरुलाई नेपालमालगानीगर्न लगाई नेपालमाठूलो उधोगहरुको विकास र विस्तार गर्नुअत्यन्तै आवश्यक छ । जसले गर्दा नेपालमा रोजगारी त सृजनापक्कै हुन्छ । त्यो बाहेक नेपालको प्रतिव्यक्तिआयमापनि वृद्धि हुन्छ ।

युवाशक्तिको आवश्यकतालाई सम्बोधन गरी सरकारले नेपालमा नै रोजगारी सृजनागर्न सकेको खण्डमा नेपालबाट कुनै पनिहालतमायुवाहरु पलायनहुनु पर्ने स्थितिको अन्त्यहुन्छ । यो देशमाप्रचुर सम्भावनाहरुको सहि समयमाखोजीनहुदादेशबाट युवाजनशक्तिको पलायनबाट नेपाललाई देश निमार्णमा ठूलो घाटा रहेको छ । त्यसैले सरकारले सम्भावितऔधोगिकक्षेत्रको विकास र विस्तार गरि युवाशक्तिलाई आप्mनो घर परिवार संगै रहेर आप्mनो देशमाकामगर्ने सक्ने वातावरण बनाउन सकिएको खण्डमा भोलीको दिनमा नेपाललाई पनि एउटा विकसित देशको रुपमाचिन्ने सम्भावना रहन्छ ।

प्रकाशित मिति: २ श्रावण २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्