५१ सिडिअाेकाे सरूवा, काे कहाँ पुगे ? (हेर्नुहाेस सूचिसहित )


 


काठमाडाैं, जेठ १८

सरकारले ५१ जिल्लामा सिडिओ तथा सहायक सिडिओको सरुवा गरेको छ । मंगलबार गृह मन्त्रालयले काजको रुपमा सिडिओ तथा सहायक सिडिओ सरुवाको निर्णय गरेको हो।
सामान्य प्रशासन मन्त्रालयको सर्कुलर विपरित गृह मन्त्रालयले  ठूलो संख्यामा सिडिओ, सहायक सिडिओ, जेलर लगायतको सरुवा गरेको हाे । सामान्य प्रशासन मन्त्रालय र सचिवस्तरको बैठकले छुट्टा-छुट्टै सर्कुलर गरी चालु आर्थिक बर्षभरि महत्वपूर्ण कार्यालय प्रमुखहरुलाई सरुवा नगर्न निर्देशन दिएको थियो ।

तर, गृहले प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारी मात्र ४० जनाको सरुवा गरेको छ । कुल ५१ जना कर्मचारीको सरुवा गरेकोमा अरु ११ जनालाई कारागार विभाग र अध्यागमन विभागमा सरुवा गरिएको छ । सामान्य प्रशासन मन्त्रालयले गृहले गरेको सरुवाबारे जानकारी नभएको बताएको छ ।

कस्काे सरूवा कहाँ क्लिक गरेर हेर्नुहाेस्

प्रकाशित मिति: १८ जेष्ठ २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्