नेपाली चेली भारतमा बलात्कृत



काठमाडाैं, जेठ १९

एक नेपाली युवती भारतको कोलकत्तामा बलात्कृत भएकी छिन् । आइतबार राति बाटो बिराएर गन्तब्यमा पुग्न नसकेकी २५ वर्षीय युवतीलाई ४ जनाको युवाको समूहले बलात्कार गरेको प्रहरीले जनाएको छ ।

युवतीले बाटो अलमलिएपछि कारमार्फत एक कफिसपसम्म लिफ्ट दिने बताएका ४ जना युवाले तीब्र गतिमा कार हुँइक्याउँदै केही टाढा लगेर पालैपालो बलात्कार गरेको प्रहरीको भनाइ छ । सोमबार बिहान करिब ३ बजे एक तलाउ किनारामा भेटिएकी युवतीलाई स्थानीयले उपचारार्थ विद्यानगर अस्पताल पुर्‍याएका थिए ।

प्रहरी समक्ष नेपाली युवतीले नाम थर ठेगाना खुलाउन चाहेकी छैनन् । उनी विगत ३ वर्ष देखि कलकत्तामा बस्दै आएको प्रहरीले जनाएको छ । नेपाल समाचारपत्र

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News