एक मात्र दमकको सरकारी अस्पतालमा भिडियो एक्स-रे मेसिन बिग्रदा हजारौ बिरामी मारमा


 


दमक,साउन ७
झापा दमकको एक मात्र सरकारी अस्पताल दमक अस्पतालमा ३ साता देखि भिडियो एक्स—रे मेसिन खराब हुदा सेवाग्राहीहरु मारमा परेका छन । भिडियो एक्स¬—रे मेसिन बिग्रिएकै कारण बिरामीहरु महङगो शुल्क तिरेर अन्यत्र जान बाध्य भएका हुन । जस्ले गर्दा आर्थिक अवस्था कम्जोर भएका तथा बिमा गरेका बिरामीलाई आर्थिक भार थपिएको छ ।

दमकमा रहेको जिल्ला स्तरको स्वीकृत पाएको सरकारी दमक अस्पतालमा युएसजि मेसिन भिडियो एक्स रे बिग्रिएको ३ हप्ता बिति सक्दा पनि अर्को वैकल्पिक व्यवस्था हुन नसक्दा बिरामीहरू मारमा परेका छन ।सो अस्पतालमा उपचार गराउन आउनुभएका कमल गाउपालीका ५ पाडाजुङ्गीका डम्बर बहादुर श्रेष्ठले आफ्नो श्रीमतिलाई नियमित चेकजाँज साथै भिडियो एक्सरे गराउनु आएको बताए । तर अस्पतालमा भएको भिडियो एक्सरे मेसिन नै बिग्रीएको कारण अस्पतालले अन्यत्र जान सुभाब दिएको र अन्यत्र जाँदा महङगो शुल्क तिर्नु पर्ने बध्यता रहेको श्रेष्ठले बताए ।

उनि त एक उदाहरणीय पात्र मात्र हो । यसरी भिडियो एक्सरे मेसिन बिग्रएकै कारण धेरै सेवाग्राहीले सास्ती भोग्नु परेको छ । जिल्ला अस्पतालको रूपमा स्वीकृत पाएपनि हाल नगरपालिका मातहतमा सञ्चालनमा हुँदै आएको यो अस्पताल दमक नगरपालिका सहित आसपासका क्षेत्रका ३ लाख जनसङ्ख्यालाई स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।

तिन साता अघि बिजुलीको भोल्टेज गडबढीले गर्दा भिडियो एक्सरे मेसिन बिग्रीएको र मर्मतको लागी काठमाण्डौ लगिएको भए पनि नबनिएको अस्पतल प्रशासनले जनाएको छ । पुन आज सो मेसिन मर्मतको लागी काठमाण्डु पठाइएकोले आगामी आइतबार सम्ममा बैकल्मपीक ब्यबस्था गरेर भए पनि भिडियो एक्सरे सेवा शुचारु गरिने अस्पताका सुचना अधिकारी नगेन्द्र भट्टराईको भनाई छ ।

प्रकाशित मिति: ७ श्रावण २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्