विश्वका १ सय शक्तिशाली महिलामा विद्या भण्डारी ५२ अाैं स्थानमा


 


bidya bhandariकाठमाडाैं, जेठ २५

अमेरिकी समाचार संस्था फोब्र्सले जारी गरेको सन् २०१६ को विश्वका १ सय शक्तिशाली महिलाको सूचीमा मा नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी ५२ औँ स्थानमा परेकी छिन् । फोर्ब्सले हरेक वर्ष जारी गर्दै आइरहेको विश्वका सबैभन्दा शक्तिशाली महिलाको सूचीमा नेपालले प्रवेश पाएको यो पहिलो पटक हाे ।

यस सूचीको पहिलो स्थानमा जर्मन चान्सलर एन्जेला मर्केल परेकी छिन् । उनी विगत १० वर्षदेखि शक्तिशाली महिलाको यो सूचीमा पहिलो स्थानमा रहँदै आएकी छिन् ।

दक्षिण एशियामा सबैभन्दा शक्तिशाली महिलाका रुपमा भारतका अरुन्धाती बट्टचार्य २५ औँ स्थानमा र यस क्षेत्रका दोस्रो शक्तिशाली महिलाकारुपमा बंगलादेशका प्रधानमन्त्री सैख हसिना वाजेद ३६ औँ स्थानमा परेकी छिन् । एसियाली महिलामा सबैभन्द शक्तिशाली महिलामा दक्षिण कोरियाली राष्ट्रपति पार्क ग्वेन है परेकी छिन् । उनी सूचीमा १२ औं स्थानमा रहेकी छिन् ।

उनले अमेरिकी प्रथम महिला मिसेल ओवामालाई पनि उछिनेकी छिन् । म्यानमारका राजनीतिज्ञ आङ सान सूकी २६ औं स्थानमा रहेकी छिन् । चिनियाँ महिला लुसी पेङले पनि आफ्नो देशको प्रतिनिधित्व गरेकी छिन् । नेपाल समाचारपत्र

प्रकाशित मिति: २५ जेष्ठ २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्