अम्बर गुरूङकाे अन्तिम बिदाइमा जे देखियाे (फाेटाे कथा)


 


Ambar gurung (13)सुदीप अधिकारी

काठमाडाैं, जेठ २५

वरिष्ठ सङ्गीतकार स्वर्गीय अम्बर गुरुङकाे पार्थीव शरीरलार्इ मंगलबार पशुपती अार्यघाटमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएकाे छ । मंगलबार बिहान २ बजेर ३९ मिनेट जाँदा काठमाडाैंकाे ग्राण्डी अस्पतालमा निधन भएका गुरूङकाे पार्थिव शरिरलार्इ त्यसअघी बिहान ११ बजेदेखि ३ बजेसम्म श्रद्धान्जलिका लागि प्रज्ञा प्रतिष्ठान कमलादीमा राखिएकाे थियाे।

13346421_993725687347875_8687750826701522305_nउनकाे पार्थिव शरीरमा सरकारका तर्फबाट रक्षामन्त्री भीम रावलले राष्ट्रिय झण्डा अाेडाएका थिए। जेठा छाेरा किशाेर गुरूङले उनकाे शवमा दागवत्ती दिएका छन्। नेपाली गीत–सङ्गीतको क्षेत्रमा वरिष्ठ सङ्गीतकार अम्बर गुरुङले पुर्याएको योगदानलाई उच्च मूल्याङ्कन गर्दै उनकाे शरीरलाई राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने सरकारले निर्णय गरेकाे हाे।

Ambar gurung (2) Ambar gurung (3) Ambar gurung (4)उनकाे अन्त्यष्टि परम्परागत तवरले दाउराकाे चित्तामा गरिएकाे हाे। विद्युतीय शवदाह गृहमा उनकाे अन्त्यष्टि गरिएन। छ दशकदेखि संगीत क्षेत्रमा सक्रिय गुरूङकाे ७९ वर्षकाे उमेरमा निधन भएकाे हाे। शब यात्रा कमलादी-कमलपोखरी-ज्ञानेश्वर-रातोपुल- गौशाला हुँदै आर्यघाट लगिएको थियो।

Ambar gurung (1)Ambar gurung (5)Ambar gurung (7)Ambar gurung (6) Ambar gurung (8)Ambar gurung (9) Ambar gurung (10)Ambar gurung (11) Ambar gurung (12)Ambar gurung (14) Ambar gurung (15) Ambar gurung (16)

 

प्रकाशित मिति: २५ जेष्ठ २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्