एसएलसीमा न्युन ग्रेड अाएपछि आत्महत्या


 


बझाङ, असार ३

एसएलसीको नतिजामा न्यून ग्रेड ल्याएको झोकमा बझाङमा एक छात्राले बिहीवार राती आत्महत्या गरेकी छिन् । बझाङको पिपलकोट स्थित कन्या मावी बटुलसेरामा अध्ययनरत छात्रा सुनिता भण्डारीले न्यून ग्रेड प्राप्त भएको भन्दै आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

१८ वर्षिया मृतक भण्डारीले डी प्लस मात्र अंक प्राप्त भएको भनेर राती घर नजिकैको रुखमा झुण्डीएर आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । मृतक भण्डारीको देउरा प्राथमिक स्वास्थ्य केन्द्रमा पोष्टमार्ट गरि शव आफन्तलाई बुझाइएको छ । उनको मुत्यु बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: ३ असार २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्