अाेली र देउवाबीच भेट, के-के भयाे कुराकानी ?



oli and deubaकाठमाडौँ, असार ४

प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच व्यवस्थापिका–संसद्को कार्य सञ्चालन नियमावलीको विवादबारे आज भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा आइतबार व्यवस्थापिका–संसदमा सो नियमावलीमाथि हुने छलफलमा सहमतिका लागि सकारात्मक रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिए ।

उनका अनुसार प्रधानमन्त्री ओली र काँग्रेस सभापति देउवाबीच नियमावली सहमतिका आधारमा पारित गराउनेबारेमा कुराकानी भएको छ । आइतबारको संसद्को बैठकमा नियमावली प्रस्तुत हुने कार्यतालिका छ । संसद्को सुनुवाइ विशेष समितिमा कति सदस्य राख्ने भन्नेबारेमा सत्तापक्ष र प्रमुख प्रतिपक्षीबीच विवाद देखिँदै आएको थियो ।

सत्तापक्षले नयाँ संविधान बमोजिम १५ सदस्यीय समिति र काँग्रेसले अघिल्लो संविधान बमोजिम ७५ सदस्यीय समिति हुनुपर्ने अडान राख्दै आएको छ । सो समिति गठनमा ढिलाइ हुँदा न्यायाधीश, राजदूतलगायत पदमा भएको सिफारिसबारे सुनुवाइ हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News