मदिरा सेवनबाट पाँचको मृत्यु


 


महाेत्तरी, असार ६

महोत्तरीमा अत्यधिक मदिरा सेवनबाट सिकिस्त भएका थप दुई जनाको गएराति मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको गौशाला नगरपालिका–७ बस्ने पञ्चा मल्लिककी पत्नी कलावतीदेवी मल्लिक र औरही गाविस–३ बस्ने बद्री मल्लिक रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

शुक्रबार राति १० बजेसम्म समूहमै मदिरा सेवन गरेका तीन जनाको शनिबार बिहान २ देखि ४ बजेको समयमा मृत्यु भएको थियो भने अन्य व्यक्ति सिकिस्त भई उनीहरुको उपचार भइरहेको थियो । यसैबीच उपचारको लागि धरान पुगेकी कलावतीको धरानमै र बद्री मल्लिकको मृत्यु जनकपुर अञ्चल अस्पतालमा भएको प्रहरी उपरीक्षक जनक भट्टराईले बताए ।
शनिबार सहसौला गाविस–६ बस्ने ७० वर्षीय रामवृक्ष मल्लिक, उनका छोरा ४० वर्षीय प्रकाश मल्लिक र गौशाला नगरपालिका–७ का पञ्चा मल्लिक रहेको मृत्यु भएको थियो ।

प्रकाशित मिति: ६ असार २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्