अफगानिस्तानमा नेपाली चढेको बसमाथि बम अाक्रमण, १४ को मृत्यु


 


bus afganistanकाबुल, असार ६

अफगानिस्तानको राजधानी काबुलमा सोमबार बिहानै भएको आत्मघाती बम विस्फोटनमा नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा अधिकांश नेपाली र फिलिपिनो सुरक्षा ठेकेदार रहेको  टोलो न्यूजले दाबी गरेको छ । समाचार संस्थाहरुले नेपाली सुरक्षा गार्ड चढेको बस आत्मघाती हमलामा परेको उल्लेख गरेका छन्।

काबुल प्रहरी प्रमुख अब्दुल रहमान रहमीले घटनामा मृत्यु हुनेहरु नेपाली र अफगानी रहेको बताए। कति नेपालीको मृत्यु भएको हो भन्ने उनले खुलाएनन्। विस्फोटको जिम्मेवारी तालिवानले लिएको अफगानिस्तानका सञ्चार माध्यमले जनाएका छन् ।

गृह मन्त्रालयका प्रवक्ताले ट्विट गर्दै १४ को मृत्यु भएको पुष्टि गरेका छन्। स्थानीय सञ्चारमाध्यमहरुले सो घटनामा २२ को मृत्यु भएको जनाए पनि सो संख्या आधिकारिक रुपमा पुष्टि भइसकेको छैन। बिहान ५ बजे सुरक्षा गार्ड चढेको बस लक्ष्यित गरी काबुलको पुल ए चार्खिल क्षेत्रमा सो आत्मघाती बम विस्फोट भएको थियो।

प्रकाशित मिति: ६ असार २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्