भदौदेखि दूधको मूल्य बढ्ने निश्चित



काठमाडौं । दूधको मूल्य भदौ १ गतेदेखि लागू हुने गरी बढ्ने भएको छ। कृषि तथा पशुपक्षी विकास मन्त्रालयले किसान र उद्योगीको मागअनुरूप तीन वर्षपछि दूधको मूल्य बढाउन प्रक्रिया सुरु गरेको हो।

हाल तीन प्रतिशत चिल्लो पदार्थ (फ्याट) र ८ प्रतिशत ठोस (एसएनफ)रहेको दूधको बजार मूल्य ७० रुपैयाँ प्रतिलिटर छ। प्रतिलिटर कति रुपैयाँ बढाउने भन्ने निर्णय गर्न बाँकी छ। मूल्यवृद्धिको विगतको अभ्यास हेर्दा यो वर्ष प्रतिलिटर ६ देखि ८ रुपैयाँसम्म मूल्य बढ्न सक्ने देखिन्छ । यो समाचार आजको कारोबार दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2019 Deshko News