देशको विकास बजेट भन्दा बढीको इन्धन किने नेपालीले


 


काठमाडौँ । गत आर्थिक वर्ष ०७५/७६ मा सरकारले विकासका लागि जम्मा दुई खर्व ३८ अर्व खर्च गर्न सक्यो । तर, त्यो भन्दा बढी त उपभोक्ताले पेट्रोलियम खरिदमा खर्च गरे ।

नेपाल आयल निगमले गत वर्ष दुई खर्व ६३ खर्वको पेट्रोलियम बेच्यो । पेट्रोलियम खरिदमा खर्च हुने बजेट जति पनि खर्च गर्न नसक्दा देश उँभो लाग्न अझै चुनौतीपूण छ ।

बजेट भाषणमा ३ खर्व १३ अर्वको पुँजीगत खर्च छुट्ट्याएको सरकारले मध्यावधि समीक्षा मार्फत यो खर्च २ खर्व ७३ अर्व हुने लक्ष्य राखेको थियो । तर, आर्थिक वर्षको अन्त्यमा दुई खर्व ३८ अर्व मात्र खर्च भएको अर्थ मन्त्रालयले जानकारी दिएको छ ।

उता नेपाल आयल निगम एक्लैले सरकारको विकास बजेटभन्दा बढीको कारोबार गर्‍यो । आव ०७५/७६ मा निगमले इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट एक खर्व ९२ अर्व ३९ करोड ४३ लाख रुपैयाँको इन्धन आयात गरेको छ । त्यस्तै राजस्वबापत कुल इन्धनको व्यापारमा ६१ अर्व ५१ करोड रुपैयाँ थप भएको खबर आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ ।

प्रकाशित मिति: ३ भाद्र २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्