अाजकाे मन्त्रिपरिषद् बैठकले के-के निर्णय गर्याे ?


 


 

काठमाडौँ,  असार १६

अाज साँझ बसेकाे मन्त्रिपरिषदकाे बैठकले गाउँपालिका, नगरपालिका तथा विशेष संरक्षित वा स्वायत्त क्षेत्रको सङ्ख्या तथा सिमाना निर्धारणका काम छिटो सम्पन्न गर्न त्यससम्बन्धी आयोगलाई आवश्यक विज्ञ नियुक्ति गर्न अनुमति दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा साँझ बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई सरकारले प्रदान गर्दै आएको मासिक भत्ता आगामी साउनदेखि वृद्धि गरी मासिक रू २५ हजार उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता शेरधन राईले जानकारी दिनुभयो ।

यस्तै नेपाली सेनाको विपत् व्यवस्थापन क्षमता अभिवृद्धि गर्न आवश्यक थान एक मेडियम र दुई थान लाइट हेलिकप्टर सुरक्षा सामरिक वा प्रतिरक्षा सामग्री आपूर्तिसम्बन्धी कार्यविधि २०६४ बमोजिम खरिद प्रक्रिया अवलम्बन गर्ने गरी उक्त कार्यविधिको दफा ४ को उपदफा १ बमोजिम खरिद गर्न स्वीकृति दिने निर्णय गरिएको छ । यसैगरी सरकारले मधेस आन्दोलनका क्रममा सिरहा जिल्ला लहान नगरपालिका–१ का घाइते बद्री रामलाई उपचार खर्च बापत रू ७३ हजार ३६ उपलब्ध गराइने निर्णय पनि गरेको सूचना तथा सञ्चारमन्त्री राईले पत्रकारलाई जानकारी दिनुभयो ।

प्रकाशित मिति: १६ असार २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्