गाडी किन्न बैंकले दिन थाले सस्तो ब्याजमा ऋण


 


काठमाडौं । वाणिज्य बैंकहरुले गाडी किन्न सस्तोमा ऋण दिने भएका छन् । आगामी मंगलबारदेखि शुरु हुने सवारी साधानको कुम्भ मेला नाडा अटो शोलाई लक्षित गरेर बैंकहरुले सस्तो ब्याजमा सवारी कर्जा दिने योजना ल्याउन लागेका हुन् । १० प्रतिशतसम्म ब्याजमा बैंकहरुले अटो कर्जा दिने भएका छन् ।

बैंकहरुले पछिल्लो समय रकम अभाव भएपछि बैंकरहरुले सवारी साधन खरिदका लागि दिने कर्जाको ब्याजदर बढाएर १४ प्रतिशतसम्म पुर्याएका छन् । बैंकहरुमा कर्जा दिने पैसा अभाव भएको भन्दै ब्याज दर केही माथि पुर्याएका हुन् । तर, नाडा अटो शोलाई लक्षित गरेर उनीहरुले १० प्रतिशत ब्याजदरमै सवारी साधन खरिद गर्न ऋण दिने भएका छन् ।

कुन बैंकले कति प्रतिशतमा सवारी साधन कर्जा उपलब्ध गराउने छ भन्ने जानकारी भने एक दुई दिनभित्रै सार्वजनिक गर्ने तयारीमा छन् । बैंकहरुको पहिलो प्राथमिकता सवारी साधन खरिदमा कर्जा दिनेमा पर्छ । सवारी साधन खरिदमा अहिले बैंकहरुले अर्बौं रकम लगानी गरेका छन् । बैंकहरुले दिने कर्जामध्ये सबैभन्दा सजिलो र छिटो दिने कर्जा भनेको नै सवारी साधन किन्न हो ।

बैंकहरुले सवारी साधन खरिदमा दिने कर्जा धेरैजसो ७ वर्षे छ । खरिद गर्ने व्यक्तिले चाहेमा र उसको समय बढाउन र घटाउन पनि सक्छन् । घर कर्जा जस्तो १५ वा २० वर्षको अवधिको कर्जा भने यसमा हुँदैन । कुल कर्जा रकम र त्यसमा लाग्ने ब्याजलाई जोडेर एकमुष्ट बनाएपछि महिनाले भाग गरेर प्रत्येक महिना कति रकम तिर्ने भनी किस्ताको रकम निर्धारण गरिन्छ । कर्जा रकम र ब्याजसमेत जोडेर हुने कुल रकममा बैंकले बनाउने ईएमआई फर्मुलाले हिसाब गरी किस्ता रकम निर्धारण गर्ने प्रचलन छ ।

सरकारले सवारी साधन किन्ने सर्वसाधारणलाई केही सुविधा थपिदिएको छ । राष्ट बैंकले निजी प्रयोजनका सवारी साधन खरिद गर्दा ६५ प्रतिशतसम्म बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन सक्ने व्यवस्था गरेको छ । यसअघि यो सीमा अधिकतम् ५० प्रतिशतसम्म मात्र थियो । बैंकले अटोलोन दिन कम गर्दा गाडी बिक्री स्वात्तै घटेको थियो । तर, पछि त्यस्तो व्यवस्थामा पुनर्विचार गर्दै नयाँ व्यवस्था ल्याएपछि गाडी बिक्रीमा सुधार आएको छ ।

अब ३५ प्रतिशत ‘डाउन पेमेन्ट’ (नगद भुक्तानी) गरेर कार किन्न पाइने छ । बाँकी पैसा बैंक, वित्तीय संस्थाले ऋण दिन पाउँछन् । सरकारले भाडाका सवारी साधनलाई भने यो सुविधा दिएको छैन । निजी प्रयोजनका सवारी साधनमा ऋण प्रवाह गर्दा मात्रै उक्त व्यवस्था लागू भएको छ । सार्वजनिक, भौतिक निर्माण कार्यमा प्रयोग हुने गाडीलाई यो सुविधा लागू हुँदैन ।

केही वर्षअघि सवारी साधनको ९० प्रतिशतसम्म पनि बैंकबाट कर्जा लिन सकिन्थ्यो । १० प्रतिशत मात्र नगद भुक्तानी गरेपछि अरू सबै बैंकले कर्जा दिने गर्थे । यो नियमले सवारी साधनको आयातमा भारी वृद्धि भएपछि राष्ट्र बैंकले एकैपटक ५० प्रतिशत मात्र कर्जा लिन सक्ने व्यवस्था गरेको थियो । यसमा व्यापारिक समूह र सर्वसाधारणको विरोध भएपछि यस वर्षदेखि बैंकले १५ प्रतिशत बढाएर ६५ प्रतिशत पु¥याएको हो ।

प्रकाशित मिति: ७ भाद्र २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्