गुण्डा नाइके दिपक मनांगे पक्राउ


 


dipak manangeकाठमाडाैं, असार १७

चर्चित गुन्डा नाइके दीपक मनाङ्गे पक्राउ परेका छन् । प्रहरीले मनांगेलाई बिहीबार राति एकजना सहयोगीसहित ठमेलबाट पक्राउ गरेको हाे । व्यापारीहरु र सर्वसाधरणलाई धम्की दिँदै रकम असुलेको गुनासो पटक पटक आएपछि मनाङ्गेलाई उनका सहयोगी राजनकुमार सिंहसहित प्रकाउ परेका हुन्। उनिहरुलार्इ हिरासतमा राखिएकाे छ ।

अकुत सम्पति कमाएको अभियोगमा विशेष अदालतमा मुद्दा परेपछि मनाङ्गे पछिल्लो समय निष्कृय रहँदै आएका थिए । उनले ठमेलको रात्रिकालिन व्यवसायमा बलियो पकड जमाएर गुन्डागर्दीको आडमा अकुत सम्पति कमाएको अभियोग लागेको छ ।

प्रहरीले यसअघि गुन्डागर्दी गरेको अभियोगमा कालिमाटी र कलंकीक्षेत्रका व्यवसायीसँग रकम असुेको अभियोगमा बाफलमा बस्दै आएका जसवन्त राईलाई पक्राउ गरेको थियो । उनलाई काठमाडौंको बिजुली बजारमा पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाउँदा घाइते भएका थिए ।

प्रकाशित मिति: १७ असार २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्