सुनको मूल्य हालसम्मकै उच्च, साताको पहिलो दिन नै तोलामा १२ सयले बढ्यो


 


काठमाडौं, भदौँ ८

सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । साताको पहिलो दिन नै सुनको भाउ तोलामा १२ सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च विन्दूमा पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ तोलाको ७२ हजार ५ सय रुपैयाँ तोकिएको छ । शुक्रबार सुन तोलाको ७१ हजार ३ सय रुपैयाँ तोकिएको थियो ।

सुनसँगै चाँदीको भाउ पनि बढेको छ। चाँदीको भाउ तोलामा २० रुपैयाँले बढेर ८ सय ५० रुपैयाँ पुगेको छ । विश्व बजारमा नै सुनचाँदीको मूल्य बढेकाले स्वभाविक रूपमा नेपालमा पनि त्यसको प्रभाव देखिएको महासङ्घका अध्यक्ष मोहनकुमार सुनारले जानकारी दिनुभयो । चीन–अमेरिका व्यापार टकरावका कारण पनि सुनको भाउ उकालो लागेको हुनसक्ने महासङ्घले जनाएको छ ।

प्रकाशित मिति: ८ भाद्र २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्