सुनको मूल्य निरन्तर बढ्दै, आज हालसम्मकै उच्च मूल्य


 


काठमाडौं, भदौ ९
बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । आज सुन तोलामा थप एक हजार रुपैयाँ बढ्दै प्रतितोला ७३ हजार पाँच सय रुपैयाँ पुगेको छ । सुन हिजो मात्रै ७२ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य पनि बढिरहेको छ । आज चाँदीको मूल्य थप १० रुपैयाँ पढ्दै प्रतितोला आठ सय ६० रुपैयाँ पुगेको छ । चाँदी हिजो प्रतितोला आठ सय ५० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: ९ भाद्र २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्