भिडियो कन्फेरेन्स मन्त्रिपरिषद् बैठक, सिंगापुरबाट प्रधानमन्त्रीको अध्यक्षता गर्दै



काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सिंगापुरबाट भिडियो कन्फेरेन्समार्फत मन्त्रीपरिषद बैठकको अध्यक्षता गरिरहेका छन। प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो कन्फेरेन्स मार्फत बैठकको सञ्चालन गरेका हुन्।

नेपालको इतिहास मैं पहिलोपटक मन्त्रिपरिषदको बैठक यसरी सञ्चालन भएको हो । यहाँ भने उपप्रधानमन्त्री इश्र्वर पोखरेलले बैठकको नेतृत्व गरिरहेका छन्। आजको बैठकमा सरकारले गर्नुपर्ने नियमित कामका बारेमा छलफल हुने बताइएको छ।

भिडियो कन्फेरेन्समा सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयबाट मन्त्रीहरू सहभागी छन् र सिंगापुरबाट प्रधानमन्त्री ओलीले सम्बोधन गरिरहेका छन्। यसअघि मन्त्रीपरिषद बैठकले प्रधानमन्त्री सिंगापुर जानुअघि भिडियो कन्फेरेन्सबाटै बैठक सञ्चालन गर्न सकिने व्यवस्था पारित गरेको थियो।

प्रधानमन्त्री ओलीको उपचारको क्रममा प्लाज्मा फेरेसिस प्रक्रिया गत शुक्रबारबाट नेशनल युनिभर्सिटी हस्पीटल सिंगापुरमा शुरु गरिएको छ। प्रधानमन्त्री ओलीको स्वास्थ्य अहिले सामान्य अवस्थामा रहेको उनका निजी चिकित्सक प्रा डा दिव्यासिंह शाहले बताएकी छन्।

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
प्रकाशक / सम्पादक :ध्रुव सुवेदी
     
           
facebook
© 2019 Deshko News