कस्ले पाउँला मदन पुरस्कार ?



काठमाडाैं, असार २१

Madan-Puraskarमदन पुरस्कार गुठीले मदन पुरस्कार लागि प्रारम्भिक छनौटमा परेका सात पुरस्तकको श्रेष्ठ सूची सार्वजनिक गरेको छ । यसअघि विजेताको नाम मात्र सार्वजनिक गर्ने गरिएको भएपनि २०७२ सालबाट श्रेष्ठ सूची बनाइएको हो ।

श्रेष्ठ सूचीबाट सर्बश्रेष्ठ एक पुस्तकलाई मदन पुरस्कार दिइने गुठीका सदस्य सचिव कुन्द दीक्षितले जानकारी दिए । श्रेष्ठ सूचीमा परेका पुस्तकहरुमा भुवनहरी सिग्देलको आमोई, रामलाल जोशीको ऐना, नीलम कार्की निहारिकाको चिरहरण, घनश्याम खड्काको निर्वाण, सरिता तिवारीको प्रश्नहरुको कारखाना, बुद्धिसागरको फिरफिरे र दामोदर पुडासैनी किशोरको सिमानाका रङ्ग सिमानाका तरङ्ग छन् ।

प्रतिक्रिया दिनुहोस्

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News