रकस्टार धमाका-३ को तयारी पूरा


 


कलाकारहरु मलेशियामा

मलेशिया, असार २२
मलेशियामा रहेका नेपालीहरुको मनोरञ्जनका लागि हुन लागेको रकस्टार धमाकाको ३को तयारी पूरा भएको छ । जुलाइ ७ र ९ मलेशिया स्थित पेनाङका दुई शहरमा हुन लागेको धमाकाको लागि कलाकार मलेशिया पुगिसकेका छन् ।

malesiyaजुलाई ७ मा बियम र ९मा पुलाउ पेनाङ स्थित पाच तारे ओलिभ ट्रि होटलमा हुनलागेको कार्यक्रमको तयारी पूरा भएको र कलाकार पुगिसकेको रकस्टार ग्रुपले जनाएको छ । कार्यक्रमका लागि महानायक राजेश हमाल, गायक सुगम पोख्रेल, गायिका कोमल ओलि, हास्य कलाकार जितु नेपाल (मुन्द्रे) र नायिका नम्रता सापकोटाको मलेशिया पुगिसकेको रकस्टारका रमेश राइले जानकारी दिनुभयो ।

जुलाई ७ मा बियम र ९मा पुलाउ पेनाङ स्थित पाच तारे ओलिभ ट्रि होटलमा आयोजना हुनलागेको उक्त धमाकालागि प्रचार प्रसार तीब्र रहेको रकस्टार ग्रुप का कृष्ण बुढाथोकीले जानकारी दिनु भयो । बिगतमा जस्तै यसपटक पनि रकस्टार ग्रुपको आयोजनामा रकस्टार धमाका ३ हुन लागेको हो ।
kalakarमलेशिया स्थित पेनाङमा हुन लागेको उक्त कार्यक्रम मलेशिया रहेका नेपाली बिच आत्मीयता साटासाट गर्ने माध्यम बने ग्रुपका अर्जुन बिकले बताउनु भयो ।  बिगतमा दिइ पटक सम्म कार्यक्रम गरिसकेको र तिनै दर्शको माग अनुसार यसपटक कलाकार छनोट गरि कार्यक्रम आयोजना गरिएको सुवास शंकरले बताउनु भयो ।
मुस्लिम धर्मावलम्बीलेको पर्व हरिरायको उपलक्ष्यमा कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रम मलेशिया स्थित पेनाङ्गका दुई शहरमा हुने आयोजकले जनाएको छ ।कार्यक्रम हेर्न सहज होस भनेर विभिन्न स्थानबाट निसुल्क बस सेवा उपलब्ध गराएको दिलिप खत्रीले जानकारी दिनुभयो ।

प्रकाशित मिति: २२ असार २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्