विद्युतबारे प्रदेश १ को सर्वसम्मत निर्णय, यातायातलाई व्यवस्थित गर्न कठोर ऐन बनाउँदै



विराटनगर, भदौ २०

प्रदेश नम्बर १ प्रदेशसभाले ‘विद्युत् सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ सर्वसम्मतिले पारित गरेको छ । प्रदेश १ को प्रदेशसभा नियमावली, २०७४ को नियम १०७(२) बमोजिम मुख्यमन्त्री तथा भौतिक पूर्वाधार मन्त्रालयको तर्फबाट आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले सो विधेयक पारित गरियोस् भनी सदनमा प्रस्ताव पेश गरेका थिए ।

यस्तै मन्त्री कार्कीले कुनै प्रदेश सवारी तथा यातायात सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६ माथिको सैद्धान्तिक छलफलमा प्रदेशसभाका सदस्यहरुले उठाएको जिज्ञासाको जवाफ समेत दिए। उनले एक प्रदेशको सवारी प्रदेश १ मा छ महिनाभन्दा बढी राखेमा दर्ता गर्नुपर्ने बताए। साथै दुर्घटनाका कारण मृत्यु भएमा सङ्घीय कानूनअनुसार नै क्षतिपूर्ति पाउने उनले जानकारी दिए।

उनले सुरक्षा, प्रदूषण र राजश्वको विषयमा विधेयकमा स्पष्ट गरिएको छ भन्दै ई–रिक्साको नवीकरण र दर्ता स्थानीय तहबाट नै गरिने व्यवस्था मिलाइएको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News