भारतबाट पाइपलाइनमा नियमित रुपमा पेट्रोलियम पदार्थ मंगलबारदेखि


 


काठमाडौं, २२ भदौ ।

मंगलबारदेखि भारतबाट पाइपलाइनमा नियमित रुपमा पेट्रोलियम पदार्थ नेपाल आउने निश्चित भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एक साथ स्वीच अन गरी उद्घाटन गरेपछि पेट्रोलियम नियमित हुने जनाइएको छ ।

नेपाल आयल निगमको अमलेखगञ्ज डिपो प्रमुख प्रदिप यादवका अनुसार भारत र नेपालका प्रधानमन्त्रीले एकैपटक स्वीच थिचेर उद्घाटन गर्नेछन् ।

कम्प्युटरकै माध्यमले पाइपलाइन बन्द र खुला गर्न अमलेखगञ्जमा कन्ट्रोल रुम राखिएको छ । दैनिक २० घन्टासम्म यसरी तेल नियमित रुपमा आउने छ । दैनिक रूपमा ३० हजार किलोलिटर तेल पाइपबाट आउँछ ।

अहिले २५ सय किलोलिटर तेल पाइपमा भरेर राखिएको छ । ४१ सय किलोलिटर क्षमताका दुई वटा र ३९ सय किलोलिटर क्षमताका दुई गरी ४ ट्यांकीमा अमलेखगञ्ज डिपोमा तेल जम्मा हुनेछ ।

नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसनको संयुक्त लगानीमा भारतको मोतिहारीदेखि अमलेखगञ्जसम्म (६९.५ किलोमिटर) नयाँ पाइपलाइन बिछ्याइएको थियो ।

प्रकाशित मिति: २२ भाद्र २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्