अाजकाे राशिफल


 


अाज मिति वि.सं. २०७३ साल असार ३१ गते शुक्रबार। इश्वी सन् २०१६ जुलाई १५ तारिख। नेपाल संवत् ११३६ दिल्लाथ्व। आषाढ शुक्लपक्ष। तिथि– एकादशी, २५:०० बजेउप्रान्त द्वादशी। तपार्इकाे अाजकाे राशिफल हेर्नुहाेस्

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) समाजमा बोलीको प्रभाव बढ्नेछ । सोचेको आटेको काममा सफलता मिल्नेछ । साझेदारी काममा उल्झन आउने देखिन्छ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) नयाँ कामको प्रस्ताव आउनेछ। सहयोग गर्नेहरू प्रशस्तै भेटिनेछन । मनग्य धन आर्जन हुनेछ । पढाई लेखाइमा मन लाग्नेछैन ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) शैक्षिक क्षेत्रमा लगानी गर्ने अवसर मिल्नेछ । पढाई लेखाइमा प्रगति हुनेछ । परोपकारी काममा रुची बढ्नेछ । लेनदेनमा विवाद बढ्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) साथीभाइको सहयोगले काम गर्ने हौसला र उत्साह बढ्नेछ । नयाँ काममा हात हाल्ने मौका मिल्नेछ । यात्राको योग रहेको छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) लगानी बढाउने अवसर मिल्नेछ । प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) पढाई लेखाइमा प्रगति हुनेछ । व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ । पारिवारिक सहयोगमा महत्वपूर्ण कामहरु सफल हुनेछन ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) सामाजिक काममा रुची बढ्नेछ । विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ । स्वास्थ्यमा सामान्य समस्या आउनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने अवसर प्राप्त हुनेछ । टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्ने समय छ । स्वास्थ्यमा समस्या आउनेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) चुनौतीहरू पन्छाउँदै रोकिएका काम पनि बनाउन सकिनेछ । वैदेशिक क्षेत्रबाट विशेष लाभ उठाउने अवसर प्राप्त हुनेछ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) व्यापार व्यवसायमा प्रशस्त फाइदा हुनेछ । प्रयासहरु सकारात्मक रहनेछन । पढाइमा पनि राम्रै प्रगति हुनेछ । बिनाकारण विवाद बढ्ने देखिन्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । आफ्नो काममा बर्चस्व बढाउन सकिनेछ । पारिवारिक दायित्व बढ्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) पारिवारिक सद्भाव बढ्नेछ । पढाई लेखाइमा प्रगति हुनेछ । सोचेको कामहरु सफल हुनेछन । स्वास्थ्यमा ध्यान दिनु जरुरि देखिन्छ ।

प्रकाशित मिति: ३० असार २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्