परीक्षाफल प्रकाशित



काठमाडाैं, असार ३१

त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७२ साल माघमा सञ्चालित शिक्षाशास्त्र सङ्काय स्नातकोत्तर तह दोस्रो वर्षको परीक्षाको परीक्षाफल आज प्रकाशन गरिएको छ । उक्त परीक्षाको परीक्षाफल www.edusanjal.com, www.educationsansar.com, र www.tu.ntc,net.np मा हेर्न सकिनेछ भने नेपाल टेलिकमको १६०२ डायल गरी वा ४९४९ मा एसएमएस गरेर पनि जानकारी पाउन सकिन्छ ।
त्रिवि सङ्गठन तथा शैक्षिक प्रशासनसम्बन्धी नियम २०५० को परिच्छेद ६६ को दफा २६८ र २७० अनुसार परीक्षाको मर्यादाविपरीत काम गर्ने रोल नं २१०२९६, २८१४२७, २८१४४०, २८२२३२, ४८०५०९, २३०००१९ का परीक्षार्थीलाई त्रिविबाट सञ्चालन हुने कुनै पनि परीक्षामा दुई वर्षसम्म सम्मिलित हुन नपाउने गरी निष्काशन गरिएको त्रिविले जनाएको छ ।यसैगरी २०७२ सालमा सञ्चालित कानुन सङ्कायतर्फ एलएलबी प्रथम वर्षको परीक्षाको परीक्षाफल पनि आजै प्रकाशन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News