सुनको मूल्य घट्यो, हेर्नुहोस कति छ आज ?


 


काठमाडौं, भदौ २६
बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन आज तोलामा दुई सय रुपैयाँ घट्दै प्रतितोला ७० हजार आठ सय रुपैयाँमा पुगेको छ । सुन हिजो प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदी पनि तोलामा पाँच रुपैयाँ घट्दै प्रतितोला आठ सय ७५ रुपैयाँमा झरेको छ । चाँदी हिजो प्रतितोला आठ सय ८० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: २६ भाद्र २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्