सरकारले फेरि बढायो कर्मचारीको तलब !


 


काठमाडौं, २७ भदौ

सरकारले हुलाक सेवा विभाग अन्तर्गत अतिरिक्त हुलाक कार्यालयमा कार्यरत कर्मचारीहरुको तलब बृद्धि गरेको छ । भदौ २२ गतेको मन्त्रिपरिषद् बैठकले हुलाक कर्मचारीहरुको पारिश्रमिक १८ प्रतिशतले बृद्धि गर्ने निर्णय गरेको सञ्चारमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए। यसअघि सरकारले आर्थिक वर्षको सुरुवातमा अन्य कर्मचारीको तलब वृद्धि गरेको थियो।

सरकारका प्रवक्ता बाँस्कोटाले हुलाक सेवाका कर्मचारीको वृद्धि भएको पारिश्रमिक आर्थिक वर्षको पहिलो महिना गत साउनदेखि नै लागू हुने बताए।

त्यसैगरी सरकारले खाँदवारी–किमाथांका सडकको १४ किलोमिटर चट्टानी खण्डको निर्माणको जिम्मा नेपाली सेनालाई दिएको छ। किमाथांका चीन जोड्ने सीमा नाका हो।

साथै विप्लव समूहसँगको मुडभेडमा मारिएका प्रहरी जवान सन्जिव राईलाई शहीद घोषणा गरिएको छ भने परिवारलाई राहत स्वरूप १० लाख उपलब्ध गराउने निर्णय गरिएको मन्त्री बाँस्कोटाले जानकारी दिए।

प्रकाशित मिति: २७ भाद्र २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्