सुनचाँदीको मूल्य ओरालो लाग्दै, हेर्नुहोस कतिमा झर्यो आज ?


 



काठमाडौं, भदौ २७
एक हप्ताअघि उकालो लाग्दै गएको सुन फेरि केही दिनदेखि ओरालो लाग्दै आएको छ । सुनको मूल्य आज तोलामा दुई सय रुपैयाँ घट्दै प्रतितोला ७० हजार छ सय रुपैयाँमा झरेको छ ।

सुन हिजो प्रतितोला ७० हजार आठ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको उच्चम मूल्य यस वर्ष साढे ७३ हजार रुपैयाँसम्म पुगेको थियो ।

त्यस्तै, चाँदीको मूल्य पनि केही दिनदेखि घट्दै गएको छ । चाँदी आज तोलामा पाँच रुपैयाँ घट्दै प्रतितोला आठ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी हिजो प्रतितोला आठ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति: २७ भाद्र २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्