बजेट आश्रित विधेयक कार्यसूचीमा नआए एमालेले अवरोध गर्ने


 


काठमाडौँ, ५ साउन

नेकपा (एमाले) ले व्यवस्थापिका–संसद्मा अविश्वासको प्रस्तावमा छलफल हुनुअघि बजेट आश्रित विधेयकका कार्यसूची नल्याइए बैठक अवरोध गर्ने भएको छ । सत्ताको नेतृत्वमा रहेको दल एमाले संसदीय दलको आजको बैठकले पूर्ववत् कार्यसूची हटाइ अविश्वासको प्रस्तावलाई सभामुखले प्राथमिकता दिएकाले बजेट आश्रित विधेयकलाई प्राथमिकता नदिइए अवरोध गर्ने निर्णय गरेको हो ।

नेकपा (माओवादी केन्द्र) र नेपाली काँग्रेससहितका दलले सरकार विरुद्ध गत असार २९ गते संसद्मा अविश्वासको प्रस्ताव दर्ता गरेपछि सो दिनको बैठकको कार्यसूचीमा रहेको बजेट आश्रित विधेयकको कार्यसूची स्थगन गरिएको थियो । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा प्रधानमन्त्री तथा दलका नेता केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको दलका सचेतक गोकुल घर्तीले जानकारी दिनुभयो ।

यसैबीच दलहरुबीच संसद्को कार्यसूचीमा विवाद उत्पन्न भएपछि सभामुखले अहिले कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गर्नुभएको छ ।

प्रकाशित मिति: ५ श्रावण २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्