सुनचाँदीको मूल्य आज थप घट्यो, हेर्नुहोस्


 



काठमाडौं, भदौ २९
नेपाली बजारमा सुनचाँदीको मूल्य आज थप घटेको छ । आज सुन तोलामा चार सय रुपैयाँ घट्दै प्रतितोला ७० हजार दुई सय रुपैयाँमा झरेको छ । सुन अस्ती शुक्रबार प्रतितोला ७० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदी पनि तोलामा तीस रुपैयाँ घट्दै प्रतितोला आठ सय ४० रुपैयाँ पुगेको छ । चाँदी शुक्रबार प्रतितोला आठ सय ७० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । केही दिनदेखि सुनचाँदीको मूल्य लगातार रुपमा घट्दै गइरहेको छ ।

प्रकाशित मिति: २९ भाद्र २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्