हिट बनेकाे लालबाबुकाे एउटा तस्बिर


 


lalbabu panditकाठमाडौं, साउन ६

सामान्य प्रशासनमन्त्री हुँदा लोकप्रिय काम गरेर चर्चामा आएका पूर्वमन्त्री लालबाबु पण्डित सार्वजनिक यातायातमा यात्रा गर्छन् । अाफ्नो नीजि गाडी नभएका यी पूर्वमन्त्रीका टेम्पोमा यात्रा गरेका केही तस्विरहरु अहिले इन्टरनेटमा समेत भाइरल भएका छन् ।

उनले टेम्पोमा यात्रा गरिरहेका बेला सोमबार उनका यी तस्वीर खिचिएका हुन । तीनकुनेमा भाडाको घरमा बस्ने पण्डित ‘डिभी र पीआरधारी’ कर्मचारीलाई कारवाहीको दायरामा ल्याएर पपुलर थिए ।

सम्भवतः मन्त्री भएर पनि निजि गाडी नजोडने कमै नेताहरुमा मन्त्री पण्डितको नाम आउँछ । त्यसैले एमाले पोलिटब्यूरो सदस्य समेत उनी सार्वजनिक यातायातका साधनमा यात्रामै भेटिन्छन् । उनले टेम्पोमा यात्रा गरिरहेका तस्वीरहरू अहिले सामाजिक सन्जालमा निकै सेयर भइरहेका छन ।

पण्डितलाई साधारण जीवन भएका नेताका रुपमा चिनिन्छ । उनले निजामति कर्मचारी एेनको संशोधनमा डिभी र पीअारधारी कर्मचारीलार्इ कारवाही गर्ने ब्यवस्था ल्याउदा निकै दबाबकाे सामना गर्नु परेको बताएका थिए ।

२०३६ सालमा माले निकट मजदूर संगठनबाट राजनीतिमा सक्रिय बनेका हुन्, पण्डित । उनी एमाले नेता माधव नेपाल नजिक मानिन्छन् । पार्टी केन्द्रीय सदस्य पण्डित ०४८ देखि लगातार चार पटक सांसद बने पनि मन्त्री भने सुशील कोइराला नेतृत्वको सरकार हुँदा सन् २०१४ मा पहिलोपल्ट बनेका हुन् । |

सर्लाहीका स्थायी बासिन्दा भए पनि उनी मोरङबाट राजनीति गर्दै आएका छन् । पहिलो संविधानसभामा अल्पसंख्यक समुदायको समितिको सभापति थिए । दोस्रो संविधानसभामा उनी समानुपातिकबाट उम्मेदवार थिए । तर, उनी समानुपातिक सभासद्मा परेनन् । मन्त्री पण्डितले पार्टीभित्रै प्रेम विवाह गरेका हुन् ।

तस्बिर वसिम अालम काे फेसबुकबाट

प्रकाशित मिति: ६ श्रावण २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्