सुनचाँदीको मूल्य फेरि बढ्यो, हेर्नुहोस् कति पुग्यो आज ?


 


काठमाडौं, असोज ३
नेपाली बजारमा आज फेरि सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा तीन सय रुपैयाँ बढ्दै प्रतितोला ७१ हजार रुपैयाँ पुगेको छ । सुन हिजो प्रतितोला ७० हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँ बढ्दै प्रतितोला आठ सय ६० रुपैयाँ कायम भएको छ । चाँदी हिजो प्रतितोला आठ सय ५५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: ३ आश्विन २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्