घट्यो खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य, कति पुग्यो नयाँ मूल्य ?


 


काठमाडौं, असोज ३
संविधान दिवसको अवसर पारेर सरकारले उपभोक्ताहरुलाई राहत दिएको छ । नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य घटाएर उपभोक्ताहरुलाई राहत दिएको हो ।

निगमका प्रवक्ता विरेन्द्र गोइतका अनुसार प्रतिसिलिन्डर २५ रुपैयाँ घटाइएको छ । अब ग्यास प्रतिसिन्डिर १ हजार ३ सय ५० रुपैयाँमा किन्न पाइनेछ ।

निगमले अन्तर्राष्ट्रिय उडानतर्फको हवाई इन्धनको मूल्य पनि घटाएको छ । निगमले प्रति किलोलिटर ५० अमेरिकी डलरले मूल्य घटाएको हो । अब अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर १ हजार अमेकिी डलरमा जहाजले तेल हाल्न पाउनेछन् ।

प्रकाशित मिति: ३ आश्विन २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्