हेडसरले जिशिअलार्इ कुटे


 


मगु, साउन ८

मुगुमा जिल्ला शिक्षा अधिकारी जवाहरलाल हमालमाथि आक्रमण भएको छ । नेपाल राष्ट्रिय मावि मुर्माका प्रधानाध्याप बिक्रमबहादुर शाहीको नेतृत्वमा गएका केही ब्यक्तिहरुले गाली गर्दै हमाललाई कुटपिट र गरेका थिए ।

उनीहरुले ल्यापटप र कार्यालयको ढोकासमेत तोडफोड गरेका थिए । नेपाल राष्ट्रिय माविमा कार्यरत प्रधानाध्यापक शाहीले बिगत तीन वर्षदेखि बिद्यालयमा अनियमित गरेको आरोप लागेपछि जिशिअले विद्यालयको खाता परिवर्तन गरेका थिए ।

कुटपिट लगत्तै प्रजिअ हमालले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले शाहीलाई पक्राउ गरेको छ । हिजो राति कांग्रेसका केही कार्यकर्ता आएर आफूलाई पुन: कुट्ने प्रयास गरेको प्रजिअ हमालले बताए ।

प्रकाशित मिति: ८ श्रावण २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्