सुनको मूल्य पुनः बढ्दै, कति पुग्यो आज ?


 



काठमाडौं, असोज ५
सुनचाँदीको मूल्य फेरि उकालो लाग्न थालेको छ । तीन दिनदेखि सुनको बढ्दै जान थालेको छ । सुन तोलामा आज तीन सय रुपैयाँ बढ्दै प्रतितोला ७१ हजार तीन सय रुपैयाँ पुगेको छ । सुन शुक्रबार प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँ बढ्दै प्रतितोला आठ सय ६५ रुपैयाँ पुगेको छ । चाँदी शुक्रबार प्रतितोला आठ सय ६० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: ५ आश्विन २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्