विप्लव भन्छन् – ‘प्रचण्ड र देउवा विदेशी ईशारामा चल्ने दलाल’


 


Netra-Bikram-Chand-Biplavकाठमाडौं, साउन ८

नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवालाई ‘विदेशी ईशारामा चल्ने दलाल’ भनेका छन् । शनिबार नेपाल गणतान्त्रिक खेलकुद महासंघको राजधानीमा आयोजित प्रथम जिल्ला भेलालाई सम्बोधन गर्दै विप्लवले प्रचण्ड र देउवालाई विदेशीको ईशारामा देशका युवाको सपना बेच्ने दलालको काम गरेको आरोप लगाए ।

प्रमुख दलका नेताहरुले देशलाई अधोगतितिर धकेलिरहेकोमा चिन्ता व्यक्त गर्दै सरकार परिवर्तनको खेल देशका लागि घातक भएको उनको भनाई थियो ।

प्रकाशित मिति: ८ श्रावण २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्